दफा २५
अध्यक्षको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य तथा अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) परिषद्को बैठकमा छलफल गरिने विषयहरुको प्राथमिकता निर्धारण गर्ने,
(ख) परिषद्द्वारा संचालित योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) परिषद्को काम कारबाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपबाट संचालन गर्ने, गराउने ।
(घ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।